छाडा बाच्छाहरु र यसले ल्याएको समस्या

Author: Better Rabin

sacred-cow-eats-garbage-india“बिहानै उठेर खेतमा पानी के कस्तो छ भनेर हेर्न खेतमा पुग्दा त तिन/तिन ओटा छाडा बाच्छाहरले धान बारी माडेर धान खादै गरेको देख्दा हत्तार हत्तार गर्दै लखेटियो । अस्ति भर्खर लगायऐको धान त बर्बादै पारेछ । उता काकाहरुको भटमास पनि सखापै भा रैच । कसलाई कराउने ? कसलाई गालि गर्ने ? कसलाई के भन्ने ? को संग हर्जना माग्ने अब । एकछिन पछि फेरि बाच्छाहरु भा तिर हेरेको उता फाटतिर कस्को हो धानबारिमा चर्दै रचन। । अब के गर्ने, कता तिर लखेट्ने जता लखेटे नि कसै न कसैको त नोक्सान निश्चित थियो । के गर्ने गर्ने ट्वा परियो आज।

कृषिमा आएको आधुनिकता संगसंगै खनजोतको लागी गोरुको प्रयोग तराई लगाएत भित्री मधेसहरुमा सामान्यतया छैन भन्दा पनि हुन्छ । गोरुको प्रत्यक्ष उपयोगिता घटे सँगै गाईका बाच्छा/बहरहरु लाई छाडा छाड्ने चलन बसिसकेको देखीन्छ आजकल । गाईरहरुले जब बाच्छा जन्माउछ, कुषकहरु त्यसलाई घाटा मान्दछन । न त खनजोतको लागी, न नै मासुको लागी होस गोरु/बाछा(हरु) बिकदैन्न आजकल त्यसैले होला अधिकांस बाच्छाहरु जन्मिएको महिना भित्रै कुपोषित बनाई मारीन्छन या कि त केहि महिना पालेर बाच्छालाई छाडा छोडिन्छन। यसरी छाडा छाडिने बाच्छा/बहर(हरु) दिनानु दिन बढ्दै छ आजकल ।

गाँउघरमा त यस्को नकरात्मक असरहरु टट्कारो रुपमा देखा पदै आएको छ आजकल । महङ्गो खेतला, बिउ बिजन, अनेकौ दुख भाति गरेर लगाएको खेतीबाली छाडा छाडिएका बाच्छा/बहर हरुले येकै रातमा सखाप पार्दा पनि किसानहरु मुकदर्सक मात्र बन्न बाध्य छन् । हुन पनि कसलाई गाली गर्ने ? कसलाई गऐर के भन्ने ? को संग हर्जना माग्ने ?

यसै गरी आजकल यसको उदाहरण सहरका सडकहरुमा प्रत्यक्ष देख्न पाईन्छ । यसले सहरि सडक अस्थबेस्थ त देखिऐको छ नै कयौ सडक दुर्घटनाहरु येस्तै छाडा छाडिएका घरपालुवा जनवारकै कारणले हुने गरेका छन् ।

हुन त यो समस्या धेरैलाई सामान्य र तुक्ष लाग्न सक्छ । तर गाईका बाछ्छा/बहरहरु ब्यवस्थापन सम्वन्धी बेलैमा निती र कार्ययोजना नल्याउने हो भने यो समस्या पछि भयाबह स्थिति ल्याउने निश्चित छ ।

तपाईहरुलाई के लाग्छ !! के कस्ता ऊपायहरु अपनाऊन सकिएला त जस्ले गर्दा यस समस्याको दिर्घकालिन समाधान हुन सक्छ ?

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s