म पहिला मान्छे हुँ ।।

15994640_1275487722534103_4708202411962939642_o

सन्ध्या सुबेदी
समर्पण : नारीहरु सबै, पुरुषलाई र यो समाजलाइ पनि

हो मलाई बेतुकको डर लाग्छ
भगवानसंग, समाज संग, आफै संग पनि
किनकी नारीलाई आफ्नो खुसी त्यागेर अरुको हेर्नुपर्छ भनी सिकाइयो
र सायद त्यस्कै प्रभाव हुदो हो यो ।

हो म खुलेर हाँस्दिन कसैसँग,
किनकी
हाँस्नु-खुलेर बोल्नुले गलत अर्थ दिन्छ रे,
जिस्किनुले अझ तल्लो स्तर बुझाउछ रे,
आफन्तको अघि आवाज निकालेर म हाँस्दिन
किनकी उहाँहरु भन्नुहुन्छ
छोरी मान्छे उत्ताउली भैइन्छ रे ।

आमा भन्नुहुन्छ
छोरी भएर गमिली हुनपर्छ रे
कसैको बिहे वा समारोहमा म नाचे भने त उल्कै हुन्छ
खत्तमै संग बिग्रेको सोचिन्छ
जस्ले नराम्रो भन्छ आखिर उ डिस्कोमा रमाउने मान्छे हो फेरि ।

हो म बोल्दिन हतपत चाहेर पनि
जहाँ म भन्दा ठुला पुरुष बोलिरहेका हुन्छ्न्
किनकी दुनिया भन्छ,
मुख बोलिरहेको ठाउँमा नाक बोल्नु हुन्न रे ।।

हो मलाई नाम लिन मन लाग्दैन मेरा पुरुष साथिको
किनकी,
मैले स्पस्टिकरण दिनुपर्ने हुन्छ
मेरि हजुर आमा भन्नुहुन्छ,
साथी भन्नुहुन्न दाइ भन्नुपर्छ रे
हो म ठूलो स्वरले कुरा गर्दिन अग्रज संग
भलै मेरो आवाज प्राकृतिक रुपमै ठूलो छ
किनकी,
छोरी मान्छे नरम सानो स्वरमा बोल्नुपर्छ रे
अझ बोल्दा आवाज नै नसुनियो भने झन शिष्ट पो भैन्छ रे ।

मलाई डर लागिसक्यो,
कतै मेरो सोचा नि यस्तै संकीर्ण त भएको छैन नि भनेर
आखिर यहि समाजको एउटा आम उपज न हुँ म,
जब म आकाश जसरी कल्पिन थाल्छु,
मलाई पलपल महसुस गराइन्छ
कि ए त त केटी होस्,
यस्तो हुन्छ,
फलानोको त यस्तो भाथ्यो रे-
म थाक्छु,
मेसो पाउदिन
अरुको के आफ्नै बिस्वाश नलाग्ने भैसक्यो

हो म बेचैन छु मेरो भविष्य सोचेर
अब समय नै सकियो जस्तो लाग्छ
किनकी मैले मेरो इच्छा, चाहना रोजाइ मात्र सोचेर हुँदैन रे
मैले आफुलाई मारेरै पनि अरुलाई खुसी दिनु पर्छ रे

कहिलेकाही,
मलाई मेरा सारा सपना मारिदिउ जस्तो लाग्छ,
किनकी,
म बुझ्छु सबैका कुरा,
म छोरी भएकैले त्यो असम्भव प्राय छ रे
मेरो शरीरमा केही ‘महिला अवयव’ छ्न्
तर मनमा, दिमागमा मेरा सपना उस्तै हुन्
मेरा रहर उस्तै हुन
तिम्रो जस्तै-
तपाइको जस्तै-
म पहिला मान्छे हु, महिला भनेर नलिनुस,
यति भएर पनि मलाई हार खान मन लाग्दैन।
बिश्वास छ – लड्छु भन्ने ।।

Advertisements

One thought on “म पहिला मान्छे हुँ ।।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s