लेट्स भोट फर चेन्ज

CAMPAIGNS copyआयो है आयो — स्थानीय चुनाब आयो ।

आयो है आयो — २० बर्ष पछि फेरी आयो ।

आयो है आयो — सक्षम नेता चुन्ने दिन आयो ।

आयो है आयो — आफ्नो भाग्य आफै लेख्ने दिन आयो ।

 

महिला १ : देशमा स्थानिय चुनाब भएको थियो, २० बर्ष पहिले । जता ततै चुनाब नै चुनाब । (सबै : चुनाब नै चुनाब) भट्टीमा चुनाब, चिया पसल पट्टिमा पनि चुनाब । गाउँमा चुनाब, सहरमा चुनाब । हेरौ है गाउँको एउटा चोकमा चुनाब बारे के के कुरा भईरहेको छ त । (सबै : के के कुरा भईरहेको छ त ।)

(गाउँको एउटा चोक)

पुरुष १ : अरे ओ काका ।

पुरुष २ : भन रे भतिज भन ।

पुरुष १ : यो पालि क्यानम भोट चाही कसलाई काका ?

पुरुष २ : चुप, भोट जो पायो त्यहीलाई दिईन्छ कि क्या हो ?

पुरुष १ : मतलब ?

पुरुष २ : मतलब, जोसले दिन्छ दाम भोट उसैको नाम ।

पुरुष १ : क्यानम काका पैसो लिएर भोट दिने ?

पुरुष २ : तलाई डाँका, सुन् — कसैले दारु दिन्छन्, कसैले खसी । मोटो दाम कमाईन्छ घरमै बसी बसी । चल भतिज ।

पुरुष १ : लेट्स जुम काका । (दुबै लाग्छन् आफ्नो बाटो)

महिला १ : एक बोतल दारुमा हाम्रो भाग्य आउछ र ? पैसोले सब चिज कहाँ किन्न पाउछ र ?

बिक्दैनौ है बिक्दैनौ — लोभले हामी बिक्दैनौ ।

बिक्दैनौ है बिक्दैनौ — मर्छौ तर बिक्दैनौ ।

बिक्दैनौ है बिक्दैनौ — बिक्दैनौ है बिक्दैनौ ।

अब हेरौ है त एउटा घरमा चुनाबको दिन के भएको थियो ।

(एउटा घर)

पुरुष ३ : ए बुढी । कति ढिलो गरेकी ? भोट हाल्न जान ढिलो भईसक्यो ।

महिला २ : म तयार भईसके ।

पुरुष ३ : खोई त तेरो नालायक छोरो ?

महिला २ : सुतिराको छ त्यो मोरो । ४ पटकसम्म ब्यूझाईसके । लाईनमा बस्नुपर्छ अल्छी लाग्छ रे, वाईफाई नभई हुदैन रे अनि बडो एसी र चिसो चाहीयो रे त्यसलाई । सुतेको सुतै छ ।

पुरुष ३ : हरे भगवान । त्यो सुतेको होईन त्यसको भविष्य सुतेको हो । हिड जाँउ हामी बरु । साँझ पर्छ नत्र ।

महिला १ : अरे वा (सबै : अरे वा) । हामी युवा फेसबुकमा घण्टौ घण्टा झुण्डीएर ब्याक अफ सरकार भन्दै सरकारलाई गाली गरेर बस्न सक्छौ । तर आफ्नो भविष्य आफै चुन्नु पर्ने बेलामा भने एकछिन चुनाबको लाईनमा पनि बस्न सक्दैनौ ! दिनभर सुतेर बस्न सकिन्छ बरु तर उहुम् भोटहाल्न जाने जागर फिटिक्कै आउदैन ।

जागौँ जागौँ अब त जागौँ — जागौँ जागौँ अब त जागौँ ।

जागौँ जागौँ अब त जागौँ — जागौँ जागौँ अब त जागौँ ।

महिला ३ : भोट हाम्रो अधिकार हो, भोट हाम्रो कर्तब्य हो ।

पुरुष ४ : भोट दिनु एकदम आवश्यक छ, हाम्रो सबै काम भन्दा धेरै आवश्यक ।

महिला ३ : हेरौ है अब कस्ता मान्छे भोट दिन आएका थिए ।

(चुनावको समय)

नेता १ : म सबैभन्दा ठुलो पार्टीको नेता । तपाईको गाउँमा पिचरोड बनाईदिन्छु । गाउँलाई पुरै झिलीमिली बनाईदिन्छु । प्रत्येकको घरमा गाडी हुने छ । पुरुषलाई टाईकोट महिलालाई साडी हुनेछ । मलाई भोट दिनुस् देश अमेरीका बन्नेछ ।

नेता २ : म सबैभन्दा लोकपृय पार्टीको नेता । तपाईको गाउँमा ट्रेन गुड्ने छ । एयरपोर्ट बनाईदिनेछु प्लेन उड्ने छ । प्रत्येकको घरघरमा ग्याँस ल्याईदिन्छु । छोरोलाई बोर्डीङ्ग स्कुल बुडोको अफिस हुनेछ । मलाई भोट दिनुस् देश सिंगापुर बन्नेछ ।

नेता ३ : सीप सीकाउछु रोजगार दिलाउछु आफ्नै देशमा श्रम गरेर सुन फलाउछु । बिकाशका योजना गाउँगाउँ पुर्याउछु, घुसखोरीलाई सीमाना कटाउछु । मलाई भोट दिनुस् । जनताको नोकर हुम् ठुलो कुरा गर्न म जान्दै जान्दीन । नेपाली हुम् म नेपाल नै बनाउछु । अरु देश बनाउछु म भन्दै भन्दिन ।

(सबै — मलाई भोट दिनुहोस् । मलाई भोट दिनुहोस् ।। मलाई भोट दिनुहोस् । मलाई भोट दिनुहोस् ।। )

जनता नेता १ र नेता २ लाई मात्र भोट खसाल्छन् ।

जागौ रे जागौ रे अब त साथी जागौ रे — जागौ रे जागौ रे अब त साथी जागौ रे

जागौ रे जागौ रे अब त साथी जागौ रे — जागौ रे जागौ रे अब त साथी जागौ रे

भोट त हाम्रो अवसर हो डराउनु पर्ने के छ र ?

अधीकार अनि कर्तब्य हो कसले पो अबरोध गर्छ र ?

पैसामा बिक्ने मान्छेको भविस्य बिकाउ भैदिन्छ ।

खराब नेता आएर नफर्कीने गरी गैदिन्छ ।

जागौ रे जागौ रे अब त साथी जागौ रे — जागौ रे जागौ रे अब त साथी जागौ रे

जागौ रे जागौ रे अब त साथी जागौ रे — जागौ रे जागौ रे अब त साथी जागौ रे

महिला १ : हिजोको दिन हामीले गलत नेता चुन्यौ । देशमा भुकम्प गएको बर्षौ भईसक्यो पिडितहरुले पुनःनिर्माणको किस्ता अझै पाएका छैनन् । गरीबलाई छानो छैन । नेताहरु काखीमा त्रिपाल च्यापेर हिडिरहेका छन् । बेरोज गारी बढेको बढै छ । युवारु खाडीमा पसिना चुहाईरहेका छन् देश बुढाहरुले चलाईरहेका छन् । २० बर्ष पछि फेरी स्थानिय चुनाव आएको छ । के हामी सधै उस्तौ रहिरहने ?

(गाउँको एउटा चोक)

पुरुष १ : काका क्यानम तिमी त देशद्रोही रहेछौ ।

पुरुष २ : होईन, के भन्छ यो डाँकाले ।

पुरुष १ : डाँका म होईन काका । डाँका त तिमी रहेछौ । तिम्रो एउटा गलत भोटले गर्दा भोली रोजगारको लागि म बिदेशीनु पर्ने हुन्छ । यदी मेरो र म जस्तै लाखौँ युवाहरुको भविश्यलाई सुरक्षीत देख्न चाहानछौ भने आफुलाई आज बिक्न नदेऊ काका । सही मान्छेलाई भोट देऊ । लोभ नगर काका ।

पुरुष २ : क्यानम भतिज । एकदमै सहिकुरा गरिछस् बजिया तैले । मेरो भतिजको भविश्य कुखुरोको फीला र एक गिलास रक्सी जस्तो सस्तो छैन । म नोट दिनेलाई भोट दिन्न । अब म निति र नियत सही भएकोलाई मात्रै भोट दिन्छु । चल भतिज ।

पुरुष १ : लेट्स जुम काका । सँगै असल नेतालाई मतदान गरौँ । (सबै — असल नेतालाई मतदान गरौँ ।)

(एउटा घर)

महिला २ : सुतिराको छ त्यो मोरो । ४ पटकसम्म ब्यूझाईसके । लाईनमा बस्नुपर्छ रे, वाईफाई हुदै न रे अनि ए सी नभएको ठाउँमा म किन जाने भनेर फेरी सुत्यो त्यो त ।

पुरुष ३ : हरे भगवान । त्यो सुतेको होईन त्यसको भविष्य सुतेको हो । हिड जाँउ हामी बरु । साँझ पर्छ नत्र ।

पुरुष ५ : रोक्नुहोस् बुबा । मेरो भविष्य म आफैले बनाउने हो । आज मैले मेरो लागि सही नेता चुनीन भने म पछि गएर आफै पछुताउनु पर्ने हुन्छ । म पनि भोट दिन जान्छु । मेरो भोटले एउटा असल नेतालाई बिजयी बनाउन सक्छ । जाउसँगै ।

पुरुष ३  : धेरै खुसी लागिरहेछ छोरा । दुई जेनेरेसन अब एकैसाथ भोट दिदैछन् । जाउ आफ्नो नेतालाई बिजयी अराऔ । (सबै — जाउ आफ्नो नेतालाई बिजयी अराऔ ।)

(चुनावको समय)

(सबै — मलाई भोट दिनुहोस् । मलाई भोट दिनुहोस् ।। मलाई भोट दिनुहोस् । मलाई भोट दिनुहोस् ।। )

जनता नेता ३ लाई मात्र भोट खसाल्छन् । अरुलाई बहिस्कार गर्छन् ।

(सबै — मतदान गरौँ । मतदान गरौँ । मतदान गरौँ । आउनु होस् । यही ३१ गते सबैजाना आफ्नो मतदान परिचय पत्र सहित मतदान केन्द्र जाऔँ । नीति र नियत राम्रो भएको सक्षम नेतालाई भोट दिऊ । हामी चाहे सम्भव के छैन र? राष्ट्रको उन्नती, प्रगती र बिकाश हाम्रै पालोमा सम्भव छ । लेट्स भोट फर चेन्ज । लेट्स भोट फर चेन्ज । लेट्स भोट फर चेन्ज ।)

आवश्यक साधन : मादल (१), ब्यालोट बक्स (३), मास्क (३), कालो पट्टी (३)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s