स्थानिय चूनाव ०७४ – आर्थीक बहस

CAMPAIGNS copy

देशको आर्थिक पक्षमा स्थानीय चुनावको भूमीका के ?

परिचय

लामो समयको पर्खाइपछि नेपालमा स्थानीय तहको चुनाव हुँदैछ । करिब २० वर्षको लामो अन्तरालपछि हुन लागेको चुनावले देशमा रौनकता छाएको छ । त्यसमा पनि आफ्नो मताधिकार प्रयोग गर्दै प्रतिनिधित्व छान्न पाउँदा जनताहरु थप उत्साहित भएका छन् । आफनो भोट समाजको एक असल, सक्षम, सहि नीति भएको व्यक्तिलाई दिइ जिताउन पाउनु जनताको चाहना हो । अहिले देशलाई सक्षम नेतृत्वको आवश्यकता छ र यो समय एक सक्षम व्यक्ति छान्ने प्रतिकुल समय पनि हो, जसले सम्पूर्ण जनता र देशको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ ।

यी सम्पूर्ण कुराहरुलाई ध्यानमा राखी चितवनका क्रियाशिल युवाहरुद्वारा चुनावलाई सफल बनाउन तथा चुनावी चहल पहलको बारेमा एक भिन्न कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा आगामी चुनावको आर्थिक एजेन्डाको पक्षमा रहेर विभिन्न पार्टी एवं युवा उद्यमीसंग छलफल गरिनेछ । कुनै पनि विकासको पछाडी आर्थिक पक्षले महत्वपूर्ण भूमीका खेल्ने हुँदा यसको बारेमा सम्पूर्ण जनमानसमा सम्भावित सकारात्मक पक्षको जानकारी पुर्याउनु आवश्यक छ । किनभने एक असल नेतृत्व र जनता आफैलाई पनि सहि कुराको जानकारी गराउनु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो

कार्यक्रमको तालिका:

कार्यक्रममा स्थानीय चुनावमा खडा भएका सबल उम्मेद्धवार, आर्थिक पक्षमा कलम चलाउने पत्रकार, युवा उद्यमी, र स्थानीय युवाहरुको साथमा आर्थिक एजेण्डाको विषयमा आ—आफना विचारहरु राखीने छन् । साथै कार्यक्रमको अन्त्यमा सामूहिक छलफल समेत गरिने छ ।

कार्यकक्रमको तालिकाः

प्रथम सेसनको कार्यक्रम (२५ मिनेट)

१. परिचय (१० मि.)

समपूर्ण प्यानलिस्टलाई ६० सेकेण्डको समय उपलब्ध गराइने छ ।

२.आफनो आर्थिक एजेण्डाकोको बारेमा जानकारी (१५ मि.)

यसमा आउँदो चुनावलाई लक्षित गरी आफ्नो पार्टिले आर्थिक पक्षका बारेमा के कस्ता एजेण्डा बनाएका छन् ती कुराको जानकारी गराईने छन् । जसमा प्रति व्यक्तिलाई २ मिनेटको समय तोकिएको छ ।

दोस्रो सेसनको कार्यक्रम (३५ मि.)

१. भविष्यमा चितवन जिल्लामा प्राप्त हुन सक्ने सम्भावित अवसरहरु (१५ मि.)

भविष्यमा चितवन जिल्लामा विभिन्न राजनीतिक व्यक्ति वा उद्यमी युवाले आफनो तर्फबाट चितवनको आर्थिक विकासका लागी के कस्ता विकासको कार्ययोजना ल्याउन सक्छन् र त्यसका लागी के कस्ता योजना रहेका छन् जस्ता विषयमा रहेर विचार प्रकट गरिने छन् । उक्त छलफलमा प्रत्येक व्यक्तिलाई २ मिनेटको समय प्रदान गरिनेछ ।

२. स्थानीयसंग प्रत्यक्ष छलफल (२० मि.)

स्थानीय र विभिन्न पार्टिको नेतृत्व गर्ने युवा उद्यमीबीच अन्तर्कियात्मक छलफल ।

उद्देश्य

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरका व्यक्तिहरुलाई आफनो स्थानीय विभिन्न राजनीतिक पार्टिको आर्थिक एजेण्डाको बारेमा जानकारी गराउनुका साथै पार्टिको एजेण्डामा उनिहरुले राखेका विकासको योजना कत्तिको लाभदायि छ भन्ने बारे अवगत गराउनु हो । छलफलबाट उठेका महत्वपुर्ण विवरण समावेश गरिएको लिखित योजना तयार गरिनेछ । जसमा भविष्यको सन्दर्भमा कार्यक्रमको मुख्य बु“दाहरु समावेश गरिनेछ ।

सूचकांक

#IVoteForChange
#LocalElection074
#IChooseMyOwnLeader
#BetterChitwan

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s