अशल नेतृत्व चुनौ – रत्ननगर, चितवन

स्थानीय चुनाब नजिकिदै गर्दा चितवनका युवाहरुले आ—आफ्नो क्षेत्रबाट बिभिन्न कार्यक्रमको आयोजना गर्दै समुदायमा सचेतना फैलाउने कार्य गर्दै आईरहेका छन् । यसै बिच चितवनको रत्ननगर, टाँडीका युवाहरुले आफ्नो समुदायका युवाहरुलाई पनि चुनावमा सहभगी हुन प्रेरीत गर्न र राम्रो निति र नियत भएकालाई मात्र भोट दिन आग्रह गर्दै सचेतनामुलक र्यालीको आयोजना गरेका छन् । स्थानिय युवाहरुको सकृयतामा भएको उक्त कार्यक्रमको नेतृत्व अमिता कडेलले गर्नुभएको थियो ।

सौराहा चोकबाट सुरु भएको उक्त र्यालीमा युवाहरुले सचेतनामुलक सन्देश सहितको प्लेकार्ड प्रयोग गरेका थिए । भोकाहा चोकमा पुगेर रोकीएको र्याली कोणसभामा परिवर्तन भएको थियो । २० बर्ष पहिलेकको स्थानीय चुनाबमा हामीले कस्तो कस्तो गल्ती गरेका थियौ र अहिले २० बर्ष पछि ति गल्तीहरु दोहोराउनु हुदैन भन्ने बिषयलाई जोड दिएर अम्ब्रेला वाल्कका अभियान्ताहरुले नाटक प्रस्तुत गरेका थिए । लगतै फ्ल्यास मब डान्स र राष्ट्रियता झल्कीने गानाहरुमा युवाहरुले नृत्य प्रस्तुत गरेका थिए । साथै कबिता र गित मार्फत समुदायलाई पार्टी भन्दा माथी उठेर सही उम्मेद्वार छनोट गर्न आग्रह पनि गरिएको थियो ।

कार्यक्रम संयोजक कडेलले राष्ट्र भित्रै अवसरको सृजना गरिनु पर्दछ र कुनै पनि युवाहरुले आफ्नो श्रम बेच्न बिदेशिनु नपरोस भन्ने कुरा अगाडी सार्नु भएको थियो । आफु पनि अध्यनको लागि भारत होमीनु पर्ने रहर नभएर बाध्यता भएको कुरा अवगत गराउदै कडेलले देश भित्रै उच्च शिक्षा पाउने बाताबरण सृजना गरिनु पर्ने र त्यो केवल सहि नेतृत्वको छनोटबाट मात्रै सम्भव हुने कुरा बताउनु भयो । यसको लागि उहाँले सम्पुर्ण युवाहरुलाई आफ्नो स्थानीय नेतृत्वबारे राम्रोसँग बुझेर मात्रै भोट दिन अनुरोध पनि गर्नुभयो ।

स्थानीय स्तरमा यस्तै बिभिन्न कार्यत्रमहरुको आयोजना गरेर युवाहरुलाई उनीहरुको भोटीङ्ग अधिकार बारे जानकारी गराउने  साथै सहि र सक्षम नेतृत्वलाई मात्र भोट गर्न प्रेरित गरिने कुरा अभियानता सागर कार्कीले बताउनु भायो ।

Advertisements

2 thoughts on “अशल नेतृत्व चुनौ – रत्ननगर, चितवन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s