भाग्य बोक्ने झोला

#भाग्य_बोक्ने_झोला
नेपालमा बिगत लामो समय देखि धेरै राजनितिक परिवर्तनहरु आए पनि शैक्षिक स्तर र गुणस्तरमा भने खासै उत्साहजनक परिवर्तन आएको देखिदैन । विशेष त नेपालका ग्रामिण भुभागका अझै पनि धेरै घर परिवार यस्ता छन् जसलाई एक गाग्री पानी भर्न घण्टौ लाईनमा कुर्नुपर्ने हुन्छ । गाउँमा फलाएको गोलभेडा बजार नपुग्दै कुहीदिन्छ । कोही बिमार भईहाल्यो भने ओखति खोज्न सदरमुकाम दुगुर्नुपर्ने हुन्छ । महिलाले त केवल भान्छा मात्र सम्हाल्न सक्छन् भन्ने कमजोर मानशिकताको जरो अझै बलियो रहेको त्यस्ता गाउँमा छोरीहरुलाई स्कुल पठाईदैन । छोरीलाई अझै पनि बोझको रुपमा लिने समाजले आखिर कहिले पो बिकासको उजेलो किरणको मिठास चाख्न सक्ला र ?

“उपहार न्यानो माया” कार्यक्रम लिएर टिम बेटर चितवन धादिङ्गको कुम्पुर, केवलपुर र ढोला गाविसमा पुगिसक्दा त्यहाँका बिद्यालयहरुमा अध्यनरत धेरै बिद्यार्थीहरुको निकै नै मन छुने कथाहरु सुन्न पुग्यौ । तिनै बिद्यार्थीहरु मध्य एक हुन् अस्मीता मगर । दुई सानी बहिनीहरुसँगै कुम्पुरको सुन्दरी आधारभुत स्कुलमा कक्षा ७ मा पढ्ने अस्मीता पढाईमा निकै नै तिख्खर छिन् र नितान्त मिहेनती र लगनशील पनि । उसका सानी बहिनीहरु सरस्वती मगर कक्षा २ मा अध्यनरत छिन भने सुस्मीता मगर कक्षा ३ मा पढ्छीन् । दुबै बहिनी पढाईमा निकै अब्बल छन् । तर भुकम्पसँगै केवल उनीहरुको घर मात्र भत्किएन, कयौ जटिलताले उसको परिवारलाई पछ्याई रह्यो । हाल गोठसँगै जोडीएको सानो घरमा उनीहरु बसिरहेका छन् । बुबा एकबहादुर मगर सामान्य श्रम गर्छन् र केही खराब बानीले गर्दा उनको कमाईले घर धान्न पनि मुस्किल पर्छ । आमा रुपामाया मगरको मिहेनत र छोरीलाई अशल र योग्य मान्छे बनाउने उनको सपनाले अहिले सम्म त अस्मिताले बिधालय जान पाईरहेकी छिन् । तर अरु दुई छोरीहरु पनि ठुली हुदै गईरहेकाले रुपामायालाई असिमित डर र चिन्ताले सताईरहेको छ ।

 

छोरो नभएकोमा श्रीमान्लाई दुःख भएता पनि रुपामायालाई कुनै गुनासो छैन । तिनै छोरीहरुले आफुलाई पाल्ने कुरा बताउने रुपमायाले ज्यान रहुन्जेल मिहेनत गरेरै तिन वटै छोरीहरुलाई पढाउछु भन्ने कुरामा विश्वास राख्छिन् । तर कसैको सहयोग भईदिए छोरीहरु हुर्काउन आँशु बेच्नु पर्ने थिएन र अझ राम्रो शिक्षा दिन सक्थे कि भन्ने रुपमायालाई लाग्दछ ।
ठुली भएर शीक्षीका बन्न चाहाने अस्मिता मगर सुन्दरी आधारभुत बिद्यालयमा मात्र होईन धादिङ्ग लगायत नेपालका कयौँ ग्रामीण बिद्यालयहरुमा धेरै नै संख्यामा रहेका छन् । बिद्यालयमा पढाउनलाई उनका अभिभावकहरुसँग पैसा हुदैन, पढ्नलाई कापी, कलम र किताब हुदैन र ति कापी किताब बोक्ने झोला हुदैन । के यी कुराहरुले उनीहरुलाई शिक्षाको उजेलो बाट बन्चित गराउन मिल्छ त ? शिक्षा सबैको आधारभुत आवश्यकता हो । राज्यले ल्याएको शिक्षा निति र लगानिको सुबिधा के सबै नेपालीहरुले लिन पाएका छन् त ? आखिर के कुराले कयौ अस्मिताहरुको भाग्यमा रुपामाया नै बन्न लेखेको छ त ? अबको प्रयास अस्मिता मगरलाई शिक्षीका अस्मिता मगर बनाउने हुनुपर्छ, उ जस्तै कयौ बालबालिकाहरुलाई सुन्दर सपना देख्न सिकाउनु पर्छ र तिनका सपनाहरु पुरा गर्न उचीत वातावरणको निर्माण गरिनु पर्दछ ।
“भाग्य बोक्ने झोला” हाम्रो सानो प्रयास मात्र हो । “लेट्स हेल्प लेट्स एजुकेट” को सहयोगमा हामीले अस्मिता मगरको लागि एक बर्षे शैक्षीक छात्रवृतिको ब्यवस्था गर्न सफल भएका छौ । सँगै चार जना बिद्यार्थीहरुको लागि बेटर चितवनको छात्रवृत्तिकोश बाट शैक्षीक सामाग्री उपहार स्वरुप प्रदान गर्दैछौ । तर हामी चाहान्छौ यसको सुबीधा धेरै भन्दा धेरै बिद्यार्थीहरुले लिउन् । यदी हाम्रो सानो सहयोगले उनिहरुको जिवनमा केही सहजता र खुसी ल्याउन सक्छ भने त्यो खुसी नै हाम्रो जीवनको मिठो सफलता हुनेछ । आशा गर्छौ हाम्रो यस अभियानलाई यहाँहरुको साथ र सहयोग पक्कै मिल्नेछ । भाग्य बोक्ने झोला उपहार गर्न चाहानुहुन्छ भने हामीलाई सम्झनुहोला । साथै उचित सल्लाह र सुझाव दिएर पनि हामीलाई सहयोग गर्न सक्नु हुनेछ । यहाँहरुको विश्वासलाई पक्कै झुटो सावित हुन दिने छैनौँ ।
 
बिवरण :
 
भाग्य बोक्ने झोला — १
पहिलो चरणको कार्यक्रममा धादिङ्गको सुन्दरी आधारभुत बिद्यालयका २० जना बिद्यार्थीहरुलाई झोला सहित शैक्षीक सामाग्रीहरु बितरण गर्दैछौँ । बिद्यार्थीहरुको छनोट प्ररम्भीक अध्यन साथै बिद्यालय व्यवस्थापन समितिको सहयोगमा गरिएको छ । दोश्रो चरणको कार्यक्रम चितवनमा नै गरिनेछ । उक्त छात्रवृत्ति कार्यक्रमले न्यून आय भएका अभिभावकहरुलाई थोरै भए पनि सहयोग मिल्ने साथै बिद्यार्थीहरुलाई नियमित रुपमा बिद्यालय जान पनि प्ररित गर्ने विश्वास हामीले लिएका छौ ।
भाग्य बोक्ने झोलामा निम्नानुसारको सामाग्री हुनेछ :
१ झोला
१—१ दर्जन कापी र कलम (सार्पनर र ईरेजर सहित)
९ र १० कक्षाका बिद्यार्थीलाई १ क्यलकुलेटर र १ जोमेट्रीबक्स ।
भाग्य बोक्ने झोला कार्यक्रममा सहयोग गर्न चाहानुहुन्छ भने माथी उल्लेखित कुनै पनि शैक्षीक सामाग्री सहयोग गर्न सक्नुहुनेछ । साथै उचित सल्लाह र सुझाव दिएर पनि हामीलाई सहयोग गर्न सक्नु हुनेछ । यहाँहरुको सहयोग जुटाएर हामी ति सुन्दर सपना देख्ने कलिला माहरुको लागि भाग्य बोक्ने झोला तयार गर्दैछौँ । के अस्मिता जस्तै राष्ट्रका अन्य सुन्दर भविष्यहरुलाई खुसी उपहार दिन चाहानुहुन्छ ?
थप जानकारीका लागि :
बेटर चितवन अभियान । ९८६५०७७२९७
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s