नेपाल आईडलका बिद्या तिवारी र अफ्सर अली चितवन आउने

नेपाल आईडलबाट निकै नै लोकप्रीय बनेका गायक बिद्या तिवारी र अफ्सर अली चितवन आउने भएका छन् । आईतबार चितवनको खैरेहनी नगरपालीका १३ मा ‘भाग्य बोक्ने झोला’ छात्रबृद्धि कार्यक्रम मार्फत उक्त कुराको जानकारी गराईएको थियो । बेटर चितवन अभियानले चितवनमा पहिलो बाल पत्रिका “जुनकिरी”को प्रकाशनको लागि आयोजना गर्न लागेको च्यारीटी कार्यक्रमको लागि चितवन आउन लागेका बिद्या र अफ्सर नेपाल आईडलका शिर्ष १८ प्रतियोगीहरु हुन् । कार्यक्रममा चितवन आईडलका गायकहरु साथै स्थानिय युवा गायकहरुको पनि लाईभ प्रस्तुती रहने कार्यक्रम संयोजक सुजन चापागाईले जानकारी दिनु भयो ।

दुई बर्षदेखि वातावरण, शिक्षा, स्वास्थ्य र युवाहरुको बिषयमा कार्यक्रमहरु गर्दै आईरहेको बेटर चितवन अभियानले बेटर स्कुल कार्यक्रम मार्फत शिक्षामा नयाँ प्रयोगहरु गर्दै आईरहेको छ । भाग्य बोक्ने झोला र उपहार न्यानो माया जस्तो कार्यक्रहरुबाट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गर्दै आईरहेको अभियानले बेटर स्कुल क्लबको निर्माण गरेर बिद्यार्थीहमा सकरात्मक तथा ब्यवहारीक परिर्वतन लाउने अभ्यास गरिरहेको छ ।

बेटर चितवन अभियानले चितवनमा नै पहिलो पल्ट बालबालीकाहरुको पढ्ने बनिमा बिकास गर्न र बालपत्रकारिता र बाल साहित्यको प्रवर्धन गर्न “जुनकिरी” नामक बाल पत्रिकाको प्रकाशन गर्न लागेको हो । यस पत्रिका बिद्यार्थीहरुलाई निशुल्क उपलब्ध गराउने र पत्रिकाकै माध्यमबाट ३ जना सृजनशिल युवाहरुलाई रोजगार पनि दिने कुरा अभियानका संयोजक सागर कार्कीले जानकारी गराउनु भयो ।

बाल पत्रिका जुनकिरीको प्रकाशनको लागि नै “जुनकिरी — च्यारिटीका लागि संगित” कार्यक्रमको आयोजन हुन लागेको हो । ग्रेस ईन्टरन्यासनल चितवनको प्रमुख प्रायोजनमा हुन लागेको कार्यक्रमको सह प्रायोजन एन जि टि मोबाईलस् र अटो डेकोरले सह प्रायोजन गरेकोे हो । कार्यक्रम श्रावण १४ गते क्यान्सर अस्पतालको सभाहलमा हुदै छ ।

Source: http://narayanionline.com/np/?p=64347

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s