बालपत्रिका प्रकाशनको लागि सांगितिक कार्यक्रमको आयोजना

IMG_5603 copy

चितवन । बेटर चितवन अभियानले श्रावण १४ गते बि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवनकै पहिलो मासिक बाल पत्रिका प्रकाशनको लागि कोष खडा गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

बेटर चितवन अभियानले नियमित रुपमा बाल नेतृत्व तालिम साथै बाल स्वयमसेवी कार्यक्रम गर्दै आएको छ । अभियानका संस्थापक संयोजक सागर कार्कीका अनुसार बालबालिकाहरुलाई अझै रचनात्मक बनाउन र उनीहरुमा पढ्ने बानीको बिकास गर्न बालपत्रिकाको प्रकाशन गर्न लागेको हो ।

पत्रिका निःशुल्क विद्यार्थीिलाई उपलब्ध गराउने र पत्रिका मार्फत ३ सृजनशील युवाहरुलाई रोजगारको पनि व्यवस्था गरिने अभियानका संयोजक कार्कीको भनाई छ ।

ग्रेस ईन्टरनेशनल चितवनको प्रमुख प्रायोजनमा आयोजना हुन लागेको कार्यक्रममा एन जि टी मोबाईल र अटो डेकरले सह प्रायोजन गरेको छ । नेपाल आईडलका टप १८ प्रतियोगी बिद्या तिवारी र अप्सर अलीको विशेष प्रस्तुति रहने कार्यक्रममा चितवन आईडलका बिजयीहरु सुजन चापागाई, सुबास तिम्सीना, असेस बराली र युवा गायक अभिशेक क्षेत्री लगायत स्थानिय गायकहरुको लाईभ सांगितिक प्रस्तुती रहनेछ ।

अभियानले लामो समय देखि चितवन लगायत छिमेकी जिल्लाहरुमा निकै सकृयता पुर्वक युवा, बालबालिका, वातावरण, स्वास्थ्य र शिक्षाका सुधारका निम्ति विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै अइरहेको छ । यसले बेटर स्कुल कार्यक्रमका उपहार न्यानो माया मार्फत १७ र भाग्य बोक्ने झोला कार्यक्रम मार्फत ९९ जना धादिङका विद्यार्थीहरुलाई र २७ जना चितवनका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिसकेको छ ।

प्रकाशित मितिः २०७४ असार २९
Source: /better-chitwan/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s