जुनकिरी – म्युजिक फर च्यारीटी

IMG_5652 copyबेटर चितवनको आयोजनामा शनिबार भरतपुरमा धमाकेदार सांगीतिक कार्यक्रम भएको छ । ग्रेस इन्टरनेशनलको प्रस्तुतीमा ‘जुनकिरी’नाम दिईएको सो कार्यक्रममा नेपाल आईडलको टप १८ बाट बाहिरिएका अफसर अलि, विद्या तिवारीलगायत स्थानीय कलाकारले धमाकेदार प्रस्तुती दिएका थिए ।

क्यान्सर हलमा उपस्थित दर्शकहरु ताली बजाउँदै नेपाल आइडलमा देखेका विद्या र अफरको प्रतिक्षा गरिरहेका थिए । जब नेपाल आईडल टप १८ मा पुगेकी हेटौंडा निवासी विद्या तिवारी स्टेजमा चढिन्  तब माहोल झनै संगीतमयो बन्यो । ‘लप्पन छप्पन जान्दिन म..’ बोलको गीत गाउँदै विद्याले आफ्नो प्रस्तुतीको सुरुवात गरेकी थिईन् । उनले रक गीत हामी नेपाली, खुल्ला आकाश, नशालु तिम्रो आँखालेलगायत हिन्दी र अँग्रेजी गीत गरि आधा दर्जन भन्दा बढि गीत प्रस्तुत गरिन् ।

त्यसपछि स्टेज चढेका अफसर अलीले उपस्थित दर्शकहरुलाई नचाए । उनले अर्कान्याम क्या मन हो भुरुक्कै जाने हो, पिलायो साथीले, झिल्केले, मस्की मस्की हिडेर जानेले लगायतका आधा दर्जन गीत प्रस्तुत गरे ।

चितवनका युवाहरुको सक्रियतामा बालपत्रिका ‘जुनकिरी’ प्रकाशन गर्नका लागि सांगीतिक च्यारिटी गरिएको हो । युवाहरुले बेटर चितवनको नाममा शिक्षा, स्वास्थ्य, वातावरण, संस्कृति, अर्थ र टेक्नोलोजीमा अगाडी बढाउनु पर्दछ भन्ने उद्धेश्य लिएर संगठित भई यस्तो क्रियाकलापहरु अगाडि बढाईरहेका छन् ।

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा भएको सांगीतिक च्यारिटी शोमा नेपाल आईडलमा विद्या तिवारी, अफसर अलिका साथै चितवन आईडलका फष्ट रनरअप सुजन चापागाई, सुवास तिम्सिना र अभिषेक भण्डारीलगायतले सांगीतिक प्रस्तुती दिएका थिए।

च्यारिटी सो बाट प्राप्त रकम सवै जुनकिरी पत्रिकाको लागि खर्च गरिने अभियानका संस्थापक संयोजक सागर कार्कीले जानकारी दिनु भएको थियो । सो कार्यक्रमको उद्घाटन समारोहमा ग्रेस इन्टरनेशनलका नारायणगढ प्रमुख गणेश लामिछाने समाजसेवी सान्ती अधिकारी, बिभिन्न संघसंस्थाका प्रतिनीधीहरु, राष्ट्रीय फुटबल खेलाडी सिपोरा गुरुङ्ग र टिम भुईमान्छे लगायतको उपस्थिति रहेको थियो ।

For Videos:

https://youtu.be/fOzwlhLpFMo

For Photos:
https://goo.gl/jLQUN5

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s